• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

लागुपदार्थ दुर्व्यसनी बिरुद्ध सडक नाटक

काठमाडौं । पछिल्लो समय युवा वर्गमा लागुपदार्थको दुर्व्यसनी एकदमै बढ्दो छ । केही समय क्षणिक आनन्द प्राप्त गर्न अहिले युवाहरुको यसमा लत लागेको छ । यसको परिणाम पछि गएर के हुन्छ भन्ने उनीहरुलाई थाहा छैन ।  

 

लागुपदार्थ दुर्व्यसनीबाट कसरी बच्न सकिन्छ र यसबाट मुक्ति पाउनका लागी  के के सावधानी अपनाउनु पर्छ भन्ने बिषयमा केन्द्रित भएर साना भाईबहिनीहरुले सडक नाटक 'लागुपदार्थ दुर्व्यसनीको असर' मञ्चन गरेका छन् ।  

 

काडाँघारी,गठ्ठाघर, विरेन्द्रचोक र गान्धीमोड चार स्थानमा मञ्चन भइसकेको नाटक अब छिट्टै मुलपानी,जोरपाटीमा पनि मज्चन हुने जनाइएको छ । नाटकलाई सुरेन्द्र क्षेत्रीले निर्देशन गरेका हुन भने नाटकमा नुजल केसी, मेलिना कटुवाल, श्रृष्टि केसी, आभाष बोगटी लगाएतका कलाकाहरुको अभिनय रहेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार