• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

बाँझोपनको समस्या महिलाका कारण भन्दा पुरुषको वीर्यमा हुने कमीले गर्दा हुने अध्ययनको निष्कर्ष

 काठमाडौं ।महिला पूनस्र्थापना केन्द्र ओरेकले दाङ र उदयपुरमा बाँझोपन सम्बन्धी गरेको अध्ययनमा बाँझोपन कै कारण महिलामाथि मानसिक हिंसा बढिरहेको देखाएको छ ।

 महिला हिंसाका विभिन्न कारणहरूमध्ये बाँझोपन एक प्रमुख कारक तत्व रहेको एक अध्ययनले देखाएको छ ।

 

 बाँझोपन अर्थात् निसन्तान हुनुमा पुरुषलाई भन्दा महिलामाथि नै बढी दोषारोपण हुने गरेको भए पनि हालै सम्पन्न अध्ययनले पुरुषका कारण हुुने निसन्तानपनको जिम्मेवारी पनि महिलालाई दिने गरेको पाइएको छ । 

 

 बाँझोपन सम्बन्धी गरेको अध्ययनमा बाँझोपन कै कारण महिलामाथि मानसिक हिंसा बढिरहेको र जसकाकारण महिलाहरूमा गम्भीर डिप्रेशन, च तनाव, एक्लोपनादेखि आत्म हत्याको सोच पैदा हुने गरेको अध्ययनले देखाएको छ ।

 

बाँझोपनको समस्या महिलाको समस्या हो, पुरूषको होइन भन्ने गलत मान्यता अझै पनि स्थापित  छ । तर अनुसन्धानबाट भने बाँझोपनको समस्या महिलाका कारण भन्दा पुरुषको वीर्यमा हुने कमीले गर्दा हुने गरेको पाइएको छ ।

 

 समस्या गहिराईमा बुझ्न, यसको कारण र प्रभावबारे अध्ययन गर्दै अगामी दिनमा बाँझोपनको सवाललाई नेपाल सरकारको नीतिमा समावेश गर्ने पनि उनीहरुले सुझाव दिएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार