• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

सम्पदाको विनाश देख्दा आँखाबाट आँशु झर्छ : पूर्वराष्ट्रपति यादव

तनहुँ । पूर्वराष्ट्रपति डा रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्नेमा जोड दिएका  छन् ।

 

तनहुँको  ढोरबाराही मन्दिरमा आज पूजाअर्चनापछि पत्रकारसँग कुराकानी गर्दै उनले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख व्यक्त गरेका छन ।

उनले चुरे संरक्षणका लागि आफूले पटक–पटक आवाज उठाउँदै आएको बताए पनि चुरे भएर राजमार्ग बनाउने तयारी भएको दुःखेसो व्यक्त गरे । 

 

उनले झापादेखि डडेल्धुरासम्म राजमार्ग बनाउने क्रममा डाँडाकाँडा भत्काउने काम भएको उल्लेख गर्दै भने, “वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ ।”

प्रकृतिले नेपाललाई सुन्दर वरदान दिएको चर्चा गर्दै पूर्वराष्ट्रपति डा यादवले प्रकृतिको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

 

वनजङ्गल नेपालको सम्पत्ति भएकाले  वनजङ्गल जोगाउन सरकार सँग उनले आग्रह समेत गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार