• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

नेकपाको केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । पार्टी एकीकरणको २० महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । 

 

 बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले सांगठानिक प्रतिवेदन पेस गर्ने छन ।

 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमा बोल्दै लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइने गरेको भन्दै वैचारिक पूर्वाग्रहभन्दा माथि उठेर सरकारका उपलब्धिबाट जवाफ दिनुपर्ने बताएका छन ।

 

बैठकमा केन्द्रीय समिति र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी छन् ।  चार सय ४१ सदस्य रहेको केन्द्रीय कमिटी बैठकमा एजेन्डामाथि केन्द्रीय सदस्यहरूलाई १५ समूहमा विभाजन गरेर बोल्न समय दिइने छ ।

 

नेकपाको विधानअनुसार ६–६ महिनामा बस्नुपर्ने केन्द्रीय कमिटीको बैठक झण्डै २० महिनापछि बोलाइएको हो । स्थायी कमिटीले गरेका निर्णय पनि अनमुमोदन हुनेछ । बैठकले विधान संशोधन प्रस्ताव अनुमोदन गर्नेछ ।


आगामी आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुला रुपमा छलफल गर्न पनि पाउने छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार