• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

सोलुखुम्बुमा बारिस सोनाको निर्देशनमा सडक नाटक प्रदर्शन

सोलुखुम्बु । बिद्यालयहरुमा बिद्यार्थीलाई पढाउने कम घोकाउने धेरै गरिन्छ । यही बिषयलाई केन्द्रित बनाएर घोकाउने शिक्षा विरुद्ध सोलुखुम्बुमा सडक नाटक आयोजना गरिएको छ।

 

बालबालिकालाई घोकन्ते शिक्षामा मात्र होइन व्यवहारिक र अन्य क्रियाकलापमा पनि ज्ञान दिनुपर्छ भन्ने उदेश्यले नाटक तयार पारिएको निर्देशक बारिस सोनाले बताए । 

 

 

ज्वालामाई फिल्म प्रोडक्सन एण्ड एजुकेशनल ईन्स्टिच्युटको आयोजनामा सडक नाटक आयोजना गरिएको हो । सोलुखुम्बुको आवडाडा, तिनकुने, जिल्ला प्रशासन कार्यालय सल्लेरी, नयाँबजार, जेरो पोईन्ट र दोर्पु बजार गरी ६ स्थानमा नाटक प्रदर्शन गरिएको हो । 

 

सुनिल गुरुङको लेखनमा बारिस सोनाको व्यवस्थापन तथा निर्देशन रहेको नाटकमा बालबालिकाको बाल नृत्य पनि प्रस्तुत गरेका थिए । समिता तामाङ र पासाङ तामाङले नृत्यलाई संयोजन गरेका थिए भने सुदर्शन थापा, बिष्णु राई, दुर्गा राई र आषिश तामाङको सहयोगमा सडक नाटक प्रदर्शन गरिएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार