• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

राज्यमन्त्री झाले दिइन् राजीनामा

जनकपुर । प्रदेश २ की राज्यमन्त्री डिम्पलकुमारी झाले पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री झाले आफू सरकारको कामदेखि सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताइन् ।

 

‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादा, पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बाबजुद पनि स्थिति अनुकुल हुने अवस्था नरहेकाले राज्यमन्त्री पादबाट राजीनामा गरेको छु’, उनको राजीनामा पत्रमा उल्लेख छ ।

 

रौतहटबाट प्रदेशसभा सदस्यमा निर्वाचित झा राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार