• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भए त्यसकाविरुद्ध सडक संघर्ष गर्ने कांग्रेसको चेतावनी

 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएका प्रतिकूल विधेयकहरु फिर्ता गर्नुपर्नेमा जोड दिएका छन ।

 

नेपाल प्रेस युनियनले ‘लोकतन्त्रको सुदृढीकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता’ विषयमा मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रेस स्वतन्त्रताविरुद्ध हुनेगरी ल्याइएका विधेयकहरुको कांग्रेसले कडा प्रतिवाद गर्ने समेत  बताएका छन ।

 


नेता पौडेलले संविधानले दिएको अधिकारलाई कुन्ठित गर्ने नहुनेमा  जोड दिए ।  विधेयकले लोकतन्त्रको उपहास गरेकाले त्यसकाविरुद्ध सदन र सडकबाट प्रतिवाद गर्ने उनले चेतावनी दिए ।

लोकतन्त्रमाथि चौतर्फी प्रहार भएकाले त्यसको रक्षाका लागि सबै एक हुन उनले अनुरोध गरेका छन । 

 

आफूले पार्टीमा  विवाद बढाएको नभइ अन्यायमा परेकाले पार्टीभित्रैबाट न्याय खोजेको पनि उनले बताए ।

 

कांग्रेस स्थापनादेखि नै लोकतन्त्र, र अभिव्यक्तिका लागि लड्दै आएको उनले बताए ।
 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार