• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
फेशन

हेरिटेज पेजेन्टस् २०२० मा नेपाल लगायत विश्वका ४० मुलुकका प्रतिस्पर्धीहरु सहभागि हुने

 काठमाडौं । सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ २०२० संस्करणको तयारी अगाडि बढेको छ । यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तत्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ ।

 प्रतियोगिता यस पटक मलेसियामा आउँदो अप्रिल ११ देखि २० सम्म संचालन हुने  छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अप्रिल १८ मा सम्पन्न हुने बताइएको छ । 

यस पटकको हेरिटेज् पेजेन्टस् २०२० अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०२० को उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

 

प्रतियोगितामा नेपाल लगायत विश्वका ४० मुलुकका पचास प्रतिस्पर्धीहरु सहभागी हुनेछन् । इप्लानेट प्रा.लि. को आयोजनामा संचालन हुने यस पटकको आयोजनामा सहभागि हुनाका लागि मिस तर्फ १८ देखि २७ वर्ष उमेर समूह भित्र तथा मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूह भित्रकाले सहभागिता जनाउन पाउने प्रावधान रहेको  आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन् ।


 सिंगापुरका सुसान कोहको संयोजनामा संचालन हुने यो प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहनेछन् भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजा पनि प्रतियोगिताको कोरियोग्राफीमा  रहनेछन ।


सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा.लि. सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो । 

 


ईप्लानेटले देश भित्र क्षेत्रिय एवं राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ । जसमा लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशनल नेपाल, मिस इन्टरनेसनल नेपाल र मिसेस् नेपाल प्रमुख रहेका छन् ।

 

एउटै मञ्चमा चार वटा विभिन्न शीर्षक अन्तर्गतका प्रतियोगितात्मक कार्यक्रमहरुको प्रस्तुती देखि मुलुकमै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सफल इप्लानेट नेपाल मिस नेपाल युएसए प्रतियोगिताको सहआयोजक समेत रहेको छ । सौन्दर्य प्रतियोगिताको आयोजना र व्यवस्थापन बाहेक इप्लानेट नेपालले सांगीतिक कार्यक्रम, सभा सम्मेलन, प्रदशर्नी एवं कर्पोरेट इभेन्टहरुको सफल व्यवस्थापन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार