• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

रुपन्देहीमा ट्रक एकापसमा ठोक्किँदा ३ को मृत्यु, ९ जना घाइते

बुटवल । रुपन्देहीको स्वीलिहवामा ट्रक एकापसमा ठोक्किँदा  ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ । 

 

भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र भैरहवा आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक मंगलबार बिहान  एकापसमा ठोक्किएका हुन् । 

 

घाइतेहरुको भिम अस्पताल  र   भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक रहेको रुपन्देही प्रहरीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार