• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
पत्रपत्रिका

कांग्रेस, नेकपा र मधेशी दलका नेताहरू म्याद गुज्रेकोे औषधि : डा.राउत

भैरहवा ।  डा. सिके राउतले कांग्रेस, नेकपा र मधेशी दलका नेताहरू म्याद गुज्रेकोे औषधि सरह रहेको बताएका छन्।

 

जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले भैरहवाको गल्लामण्डीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ३० वर्षदेखि ७० वर्षसम्म म्याद गुज्रेको औषधि खाएमा यसले कुनै फाइदा नगरी केवल नोक्सानी मात्र गर्ने बताए। यि पार्टीले म्याद गुज्रेका औषधि सरह रियाक्सन मात्र गर्ने र ज्यान जाने अवस्थामा पुर्‍याउने बताए।

 

नेकपाले महरालाई, कांग्रेसले अफताबलाई र राजपाले रेशम चौधरीलाई संरक्षण गर्न नसकेकोले पार्टीले मधेशीलाई कहिले पनि संरक्षण नगर्ने बताउदै राजनीतिक दलहरूको कडा आलोचना गरे।

 

अहिलेका यि पार्टीहरु कबाडी खिया लागेको पार्टी जस्तै छन्। इन्जिन बिग्रेको कबाडी गाडी रहेकोले यस्मा बस्न पनि नहुने यदि बसी हालेको भए पनि बीच बाटोमै बिग्रीने निश्चित रहेको राउतले भने।

 

३ प्रतिशत मात्र पहाडी समुदाय बस्ने मधेशमा अहिले ३९ प्रतिशत पहाडी समुदाय मधेश कब्जा गरेको बताउदै यस्ता शासक वर्गको षडयन्त्रले मधेशीहरु जोखिम मोलेर विदेश गई संघर्स गरिरहेको बताए ।

 

मधेशका ७१ मन्त्री बने पनि अहिलेसम्म शहीदको कुनै सपना पूरा नहुनु नै दुर्भाग्य भएकोले जनमत पार्टी साधुको पार्टीको रुपमा मधेश अधिकारको लागि आएको बताए। हाम्रो शहीदले मधेश भूमिलाई बचाउन, भाषा र संस्कृति जोगाउन बलिदानी दिएको भए पनि शासक वर्गले मधेश लुट्नका लागि षडयन्त्र गरेर मधेशसँग केही नमिल्ने रोल्पा र रुकुमलाई रुपन्देहीसँग जोडेको बताए। नागरिक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार