• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

अक्षय र प्रियंकाको चर्चाले चुलिएको बलिउड

काठमाडौं । झट्ट हेर्दा बिश्वास नलाग्न सक्छ, तपाई फेरी एकपटक पोस्टर हेर्दै हुनुहुन्छ होला । यो ५२ बर्षीय कलाकार अक्षय कुमारको नयाँ फिल्म 'बच्चन पाण्डे' को पोस्टर हो । चोट लागेको आखाँ, रिसालु मुहार, झप्पदारी जुँगा, टाउकोमा बाधेको रुमाल, र घाटीभरि सिक्री – साच्चै नै अक्षय कुमार अतभुत देखिएका छन् ।  

 

फिल्म यो बर्षको क्रिसमसमा  प्रदर्शनमा आउने तय थियो तर अमिर खानको 'लाल सिंह चड्डा' सँग जुध्ने हुँदा फिल्मको मिति फेरिएको छ । अब फिल्म २०२१ जनवरी २२ मा प्रदर्शन हुने तय भएको छ ।

 

अक्षयको फिल्म सार्ने निर्णयलाई अमिरले धन्यावाद व्यक्त्त गरेका छन । फरहाद समजीको निर्देशनमा बन्ने यो फिल्मलाई साजिद नाडीयावालले निर्माण गरेका हुन । यस्तै यही बर्ष उनको लक्ष्मी बम र सुर्यबंशी पनि प्रदर्शमा आउँदैछ।

 

त्यस्तै बलिउडले बजार तताएको अर्को चर्चाको बिषय हो नायिका प्रियंका चोपडा र उनको श्रीमान निक जोन्सले लस एन्जल्समा भएको सांगीतिक साँझमा सहभागिता जनाउँदा, प्रियंकाले लगाएको हट कपडाको ।

 

अब अन्य कुरा के भन्नु सबै तस्वीरले भन्छ । उक्त सांगितीक साँझमा सबैको ध्यान प्रियंकाको कपडामा पुगेर टक्क अडिएको थियो ।  प्रियंकाले आफ्नो इन्स्टाग्राममा उक्त तस्वीर राखेकी छिन् । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार