• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

सुगम पोखरेलको 'लाखौमा एक तिमी' सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चर्चित गायक सुगम पोखरेलको आवाजमा रहेको लाखौमा एक तिमि बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

मोडल तथा गीतकार मनोज सिग्देल (युरेश) को शब्द संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ । यसअघि आफुभन्दा जेठी बोलको गीत बाट शब्द र अभिनयमा उनले चर्चा पाएका थिए ।

 

सिग्देलको संगीतमा रहेको यो गीतले पनि नेपाली सांगीतिक बजारमा राम्रो नाम कमाउनेमा उनी ढुक्क छन् । गायक सुगम पोखरेल गीतबाट आशावादी छन । सोलो गीतहरु प्राए सबै जसो हिट छन् यसबाट म ढुक्क  छु,गायक पोखरेलले भने । गीतलाई गोपाल रसाईलीले एरेन्ज गरेका हुन । 


सफल म्युजिक भिडियो निर्देशक शान थापा निर्देशित यस भिडियो लाई अर्जुन तिवारीले खिचेका छन् भने सम्पादन इन्टेन्सिभ एल्डले गरेका छन । गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । देभ दाहालको लगानीमा निर्माण भएको गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार