• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

छायाँमा परेका यी बलिउड कलाकार

मुम्बई ।  बलिउड भन्ने बित्तिकै हाम्रोे ध्यान कता जान्छ ? बलिउडको बारेमा हामी के सोच्छौं । हामी सोच्छौं कतै बलिउडका चलेका कलाकाहरुको अगाडि केही राम्रा कलाकारहरु ओझेलमा त परेका छैनन् ।

 

बलिउड भन्ने बित्तिकै प्राय दर्शकको दिमागमा आउने पहिलो कुरा भनेकोे शाहरुख खानले हात फैलाउँदै नायिकसँग गरेको रोमान्स, ऋतिक रोशनको डान्स, सलमान खानको शरीरी, कैट्रिना कैफको हट अवतार र दीपिका पादुकोणको हसिलो मुहार । यी कलाकारहरु आफनो अभिनय कलाले भन्दा पनि अन्य कारणहरुले चर्चामा रहन्छन् । प्राय यी कलाकारहरुले रोज्ने भनेको सजिला स्टन्टहरु नै हुन्छन् । उनीहरुको फिल्ममा तीन चारवटा गीत, फाइट, कमेडी र मायाप्रेमका कुराहरु हुने गर्छन । अर्को बलिउड भन्ने बित्तिकै धेरै ग्ल्यामर र नातावादको कुराहरु पनि आउँछ । 


बलिउडमा यी बाहेक केही छायाँमा परेका कलाकारहरु पनि छन् । उनीहरु मुख्य भुमिकामा भन्दा सहायक भुमिकामा देखिने गर्छन । उनीहरुसँग सिक्स प्याक भएको शरिर, नृत्य गर्ने कला जस्ता कुराहरु त्यति हुँदैनन् । अर्को यदी यी कलाकाहरु प्रमुख भुमिकामा देखिए भनेपनि उनीहरुको फिल्म बक्स अफिसमा खासै चल्दैनन् । यसको कारण प्रचार प्रसारको कमी र फिल्म हल हुनसक्ने धेरैको ठ्म्याई छ । धेरै निर्माताहरु यस्ता छायाँमा परेका कलाकारहरुलाई मुख्य भुमिका दिन हिचकिचाउँछन् र साथै सुपरस्टार कलाकारहरु अफुलाई असुरक्षा महसुस गर्छन । 


सहायक भुमिका भनौं या छायाँमा परेका यी कलाकारहरुको खासै चर्चा हुँदैन । उनीहरु कहाँ बस्छन्, के सोच्छन् । उनीहरुको लाइफ स्टाइल कस्तो छ यी कुराहरुमा कसैको ध्यान जाँदैन । अवार्ड कार्यक्रमहरु पनि उनीहरुलाई खासै महत्व दिईदैन । 


यती हुँदाहुँदै पनि यी कलाकारहरुको अभिनयमा कतै खोट लगाउने ठाउँ हुँदैन । उनीहरुको अभिनय सुपरस्टारको भन्दा पनि धेरै राम्रो हुन्छ ।  फिल्महरुमा उनीहरुको भुमिका थोरै हुन्छ तर एकदमै सम्झनलायक । 

 

सौरभ शुक्ला 
गोरखपुरमा जन्मिएका सौरभ बलिउडमा २० बर्ष देखि निरन्तर सहायक भूमिकामा गर्दैछन् । उनले नाटक, टेलिभिजन देखि फिल्मसम्म काम गरेका छन् । सौरभले सन् १९९४ मा पहिलोपटक सानो भूमिकामा फिल्म गरेका थिए । तर उनको अभिनय जादु चल्यो, उनले हरेक बर्ष खाली बस्नुपरेन ।  हास्य बिद्या होस या रोनाधोनाको रोल, पुलिस होस् या पण्डित या होस् वकिल उनले सबैमा उत्कृष्ट अभिनय गरेका छन् । सत्य, ताल, सल्मडग मिलिनियर, बर्फी, जोली एलएलबी , पिके उनका सफल फिल्महरु हुन ।  

 

सञ्जय मिश्रा 
चलचित्रको कलाकारको रुपमा परिचित हुन सञ्जयले यसअघि केहि टेलिभिजनका विज्ञापनमा काम गरे ।  बिहारको सामान्य गाउँमा जन्मेका उनी नेसनल स्कुल अफ ड्रामाबाट अध्यन सकेका हुन ।  चलचित्र रोहित सेट्टीको ‘अल द बेस्ट’ र ‘गोलमाल’ बाट बलिउड फिल्म नगरीमा उनको चर्चा सुरु भएको थियो । त्यस्तै आँखोदेखि, दम लगा के हैसा, र मसानमा उनले गरेका मार्मिक अभिनय अहिले पनि धेरैले सम्झने गरेका छन् । 

 

कोनकोना सेन शर्मा
दुईवटा राष्ट्रिय पुरस्कार र चार फिल्मफेयर एवार्ड पाइसकेकी कलाकार कोनकोना पुरानो कलाकार अपर्ना सेनकी छोरी हुन । बालकलाकर हुँर्दै फिल्ममा काम गरेकी उनले सफलता पाउन धेरै समय कुर्नुपर्यो । उनले बंगाली, अंग्रेजी, र हिन्दी भाषमा अभिनय मात्र गरेनन्  बेंगोली, अंग्रेजी र हिन्दी भाषामा अभिनय मात्र गरेनन्  लेखन र निर्देशन पनि काम गर्न भ्याए । सन २००५ को पेज ३, २००६ को ओमकारा र २००७ को आजा नचले र लाइफ इन मेट्रो, जस्ता फिल्मबाट उनी एक स्थापित कलाकार त बने तर मुलधारको फिल्ममा भने उनी जम्न सकेनन् । अतिथि तुम कब जाओगे, सात खुन माफ, तलबार र लिपस्टिक अण्डर बुर्खा उनका सफल फिल्म हुन ।  

 

राधिका अप्टे
हिन्दी, मराठी, तामिल, तेलुगु, बंगाली र अंग्रेजी भाषामा काम गर्नसक्ने राधिका रंगमञ्च र फिल्म दुबैमा सक्रिय छिन । संन २००५ मा ‘लाइफ हो तो एैसी’ बाट फिल्ममा काम गर्न सुरु गरेपनि उनलाई धेरै दर्शकले २०१४–१५ मा प्रदर्शन भएको माभीm र बदलापुरबाट उनी धेरै चिनिएका थिए । लस्ट स्टोरीज, प्याडम्यान र अन्धाधुन पनि उनका अन्य सफल फिल्म हुन । 

 

बिजय राज
बीसवर्ष फिल्ममा समय बिताएका बिजय राज रंगमञ्चकाका कलाकार हुन । बिजयले १९९९ मा भोपाल एक्प्रेस र २००० मा जंगलमा काम गरी आफ्नो क्यरियर सुरु गरेका हुन । २००४ मा प्रदर्शन भएको फिल्म ‘रण’ ले उनलाई हास्य कलाकारको रुपमा स्थापित गराएको थियो ।  

 

स्वारा भास्कर 
जेनयु बाट समाजसास्त्रमा स्नातकोत्तर सकेपछी फिल्मामा कलाकारको रुपमा  प्रवेश गरेकी स्वारालाई स्पस्ट बक्ताको रुपमा देखाइन्छ । उनी सामाजिक राजनीतिक बिषयबस्तुमा आफ्नो धारणा कडा रुपमा दिने गर्छिन । दश बर्षको छोटो क्यरियरमा उनले कम काम गरेपनि धरैको मन जित्न सफल भएकी छिन । २०१० मा संजय लिला बन्सालीको चलचित्र गुजारिसमा ऋतिक रोशनको छायाँमा भूमिका गरेकी स्वाराले अर्कोबर्ष ’तनु वेड्स मनु’ मा आफ्नो सिप देखाउने मौका पाएकी थिइन । राँझना, प्रेम रतन धन पायो, चिल्लर पार्टी, तनु वोड्स मनु रिटर्नस उनका याद गर्न लायक फिल्महरु हुन ।  

 

विनय पाठक
१९९८ मा ‘बम्बई बोइज्’ र ‘फायर’ बाट फिल्म क्यारियर सुरु गर्नुपुर्व बिनय टेलिभिजनमा रमाइलो कार्यक्रम संचालन एवं निर्माण गर्ने गर्थे ।  हम दिल दे चुके सनम,  हर दिन जो प्यार करेगा, भेजा फ्राई, रब ने बनादी जोडी, माई नेम इज खान, बदलापुर उनका चर्चित फिल्महरु हुन । सलमान खान, शाहरुख खान जस्ता सुपरस्टारसँग काम गर्दा दर्शकले उनको अभिनयलाई खासै याद गरेनन् । . 

 

माथि चर्चा गरिएका कलाकारहरु त प्रतिनिधि पात्र मात्र हुन । बलिउडमा संघर्ष गर्दागर्दै छायाँमा परेका वा हराएका थुप्रै कलाकारहरु छन् ।  केहिसमय अघि सानो भूमिकामा देखिने मनोज वाजपेय, इरफान खान, नवाजित सिद्दिकी, राजकुमार राव, अर्सद वार्सी, पंकज त्रिपाठी, वुमन इरानी, रिचा चड्डा आफ्नै मेहिनत र लामो संघर्षले बलिउडमा नाम कमाएका हुन । उनीहरु सानो होस् या ठुलो हरेक भूमिकामा दर्शकको मन मस्तिष्कमा छाप छोड्न सफल हुन्छन् ।

 

खान, कपुर, भट्ट, चोपडा, बच्चनहरुको दबदबाको माझ उनीहरुले गरेको संघर्ष निकै प्रशंसायोग्य छ । त्यो चाहे एक्लै आउन वा सुपरस्टारको माझमा बसेर काम गरुन् ।  यिनीहरु आफ्नो कलाको जादुले कालो छायाँ हटाउन सफल भएका छन् । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार