• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

हेलिकोप्टर दुर्घटनामा बास्केटबल खेलाडी कोबे ब्रायन्ट सहित ९ को मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोनिर्यास्थित क्यालाबास शहरमा हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्य सहित नौ जनाको मृत्यु भएको छ ।

 

दुर्घटनामा चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट सहित उनकी छोरी जियानाको पनि मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। ४१ वर्षिय ब्रायन्ट सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोट सहित आगलागी भएको थियो ।

 

कोबे र उनकी छोरीबाहेक हेलिकोप्टरमा अरु को को थिए भन्ने खुलिसकेको छैन । लस एन्जल्स प्रहरीले  घटनामा कोही पनि जिवित नभेटिएको जनाएको छ। घटना बिहान १० बजे भएको थियो ।

 

बाक्लो हुस्सुका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । पाँच पटक च्याम्पियन रहेका ब्रायन्ट अमेरिकी बास्केटबलका चर्चित खेलाडी हुन । उनले सन् २०१६ मा एनबीए इतिहासमा तेस्रो अग्रणी स्कोर समेत गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार