• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
देश/प्रदेश

मौसममा आशिंक बदलीसँगै वर्षाको सम्भावना

काठमाडौं । काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको मौसममा आशिंक बदली भएको छ । 

 

भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालको पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको हो ।

 

उक्त मौसमी प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वतपूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका अनुसार मौसम  बदलीसँगै देशका मध्य र पूर्वका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सोमबारदेखि मौसममा क्रमिक सुधार आए पनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने सक्ने महाशाखाको अनुमान छ ।

 

उपत्यकामा आज बिहानै देखि मौसम बदली भई घाम नलागेका कारण चिसो महसुस गरिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार