• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

सभामुखमा निर्विरोध अग्नि सापकोटा

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्नि  सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो ।

 

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका हुन्।

 

ज्येष्ठ सदस्य ठाकुरले बैठकमा निर्वाचित भएकामा सापकोटालाई बधाई दिए । यही माघ ६ गतेको प्रतिनिधिसभाको बैठकले आजका लागि निर्वाचनको मिति निर्धारण गरेको थियो । सो दिनको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिए । 

 

तत्कालीन सभामुख कृष्णबहादुर महराले महिलामाथिको यौन दुव्र्यवहारको विवादपछि गत असोज १५ गते सो पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १४ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार