• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

माल्दिभ्सको समुन्द्र किनारमा रमाउँदै परिनीति 

मुम्बई । बलिउड नायिका परिनिती चोपडा आजकल होलिडे मनाउने मुडमा देखिन्छिन् । उनी अहिले माल्दिभसमा बिदा मनाउँदै छिन् ।

 

उनले आफु माल्दिम्सको समुन्द्र किनारमा रमाउँदै गरेको केही हट तस्वीर इन्स्टाग्राममा राखेकी छन । जसमा उनी समुन्द्रको गहिराईमा डूबान लगाइरहेको देखिन्छिन् ।  इन्सटाग्राममा राखेका मध्य उनी पिङ र झोलुंङगेमा झुलिरहेको तस्वीरले आजकल धेरै चर्चा बटुलिरहेको छ । 

 

उनी चलचित्रमा खासै जम्न नसके पनि छिटफुट फिल्महरुमा उनी देखापरिरहेकी हुन्छिन् । सन् २०१९ मा अक्षय कुमारको 'केसरी’ मा छोटो भूमिका र सिदार्थ मलहोत्रासंग 'जबरिया जोडी’ मा मुख्य काम गरेकी थिइन्  ।

 

'द गर्ल अन द ट्रेन’ को रिमेक , बायोपिक ‘साइना’ र ‘सन्दिप और पिंकी फरार’ यो बर्ष प्रदर्शमा आउने उनका फिल्म हुन । यी फिल्महरुबाट उनी धेरै आशावादी देखिन्छिन् । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार