• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

बलिउडमा कसको पढाई कति ? 

मुम्बई । सामान्यतय हामीलाई लाग्छ फिल्मका नायक–नायिका वा अन्य कलाकारहरुको पढाई कमजोर हुन्छ । उनीहरुको ध्यान पढाईमा भन्दा बढि मोजमस्ती, नाचगान या पार्टीमा बित्छ । कति कलाकारहरु सानै उमेरमा फिल्ममा प्रवेश गरेका हुन्छन् त्यसैले पनि उनीहरुले आफनो पढाई बिचमा नै छोडेका हुन्छन् । उनीहरुको पढ्ने धोको हुँदाहुँदै पनि समय मिलाउन सक्दैनन् तर केही कलाकाहरु यस्ता पनि छन् जसले थोरैसमय मात्र पाए भने त्यो समय अध्यनमा लगाउँछन् ।  उनीहरुको अवश्यक्ता भनेको अभिनय नै हो । त्यसैले पनि उनीहरुले पढाईलाई धेरै समय दिन पाइरहेका हुँदैनन् । 


पढाईले कलाकारलाई धेरै सहयोग पुर्याउँछ । स्क्रिप्ट पढ्नदेखि लिएर कथाका पात्र र तीनको मनोविज्ञान बुझ्न सहयोग गर्छ । एउटा कलाकारको आनीवानी र व्यक्तित्व उसको पढेको शिक्षाल नै दर्शाउँछ । यसले फिल्ममा मात्र होइन उनको सामाजिक जीवनमा नै धेरे फट्को मार्छ । के सबै कलाकार पढेका हुन्छन ? कुन कलाकारले के बिषय र कति पढेका छन् भन्ने सबैको उत्सुकताको बिषय हो । धेरै दर्शकलाई कलाकारको अध्यन कति छ भन्ने चासो हुनु स्वभाविक हो ।


अमिर खान, सलमान खान, कैट्रिना कैफ, दीपिका पादुकोण, करिश्मा कपुर, काजोल, अर्जुन कपुरले बिधालय तहसम्मको मात्र अध्धयन गरेका छन । त्यस्तै ऐश्वर्य राय, करिना कपुर ,कंगना रनावत, प्रियंका चोपडा, सोनम कपुर, आलिया भट्ट, टाइगर श्राफले भने बिचमा नै कलेज छाडेका हुन तर यसको मतलब यो होइन कि उनीहरुको शैक्षिक स्तर कमजोर छ । केहि कलाकारले फिल्मको कामसंगै आफ्नो अध्यनमा पनि निकै काम गरेको पाइन्छ । यहाँ यस्ता कलाकाहरु पनि छन् जसले आफ्नो क्यारियरसंगै अध्यनलाई पनि त्यतिकै महत्वपुर्ण ठान्छन् ।

 

बलिउड नायकहरुको कुरा गर्दा उनीहरुको शरीर, उचाई, आम्दानी, गाडी वा बाइकको कुरा मात्र जोडिन्छ । उनीहरु कस्तो कपडा, घडी लगाउँछन वा घर कस्तो छ र घर भित्र कुन देशको सामाग्री प्रयोग भएको छ भन्ने बिषयमा मात्र बुझन खोजिन्छ । उनीहरुको अध्यनबारे खासै चर्चा गरिदैँन ।  


यस्तै बलिउडमा नायिकाहरुको रुप र रंगको बारेमा धेरै नै चर्चा हुनेगर्छ । उनीहरुले कस्तो कपडा लगाए, को संग डेटिङ गए वा किन छोटो पहिरन लगाए भन्ने स–साना बिषयलाई ठुलो बनाउने चलन छ । उनीहरुको सधै अभिनयको बारेमा मात्र कुराहरु हुन्छन तर पढाइको बारे भने कसैले मतलब गर्दैन । 


बिद्यालय र बिश्वबिद्यालयहरुमा वर्षौ समय बिताउनु मात्र शिक्षित हुनुको परिभाषा होइन । शिक्षित हुनु भनेको आफ्नो जीवनमा कुन समय, परिस्थिति र साधनमा के गर्ने के नगर्ने भनेर सही छनोट गर्नसक्नु हो । औपचारिक शिक्षाका साथै जीवनका अनुभवले प्रदान गर्ने ज्ञानले यो सिप प्रदान गर्छ ।  सबैले पढ्नै पर्ने वा पढ्न सक्ने खुबी वा इच्छा हुन्छ भन्ने पनि छैन । स्वअध्यन र जीवनको अनुभूतिले पनि मान्छेलाई लायक बनाइदिन्छ । 


अमिताभ बच्चन  
नैनीतालबाट स्नातक सकेका हुन भने दिल्ली बिश्वबिद्यालयबाट कला र बिज्ञानमा स्नातकोत्तर गरेका  हुन । उनलाई अस्ट्रेलियाको एक बिश्वबिद्यालयले डाक्टरको पदवी समेत दिएको थियो ।  


शाहरुख खान
अर्थशास्त्रमा स्नातक पुरा गरेका यी नायकले मास कम्युनिकेशनमा स्नातकोत्तर गरेका छन् । नेशनल स्कुल अफ ड्रामा बाट औपचारिक रुपमा अभिनयको तालिम लिएका थिए । केही समयपछि बिभिन्न बिश्वबिद्यालयहरुले उनलाई सम्मान स्वरूप डाक्टरको पदवी दिएका थिए ।   


आयुष्मान खुराना 
आयुष्मानले अंग्रेजी साहित्यमा स्नातक गरेका छन् । उनले मास कम्युनिकेशनमा स्नातकोत्तर पुरा गरेका छन । 


वरुण धवन
वरुणले बेलायतबाट बिजनेस म्यानेजमेन्टमाको अध्यन पुरा गरेका हुन । 


जोन अब्राहम 
एमबीए र अर्थशास्त्रमा अध्ययन सकेका हुन ।


अमिषा पटेल
अमेरिकन बिश्वबिधालयबाट अर्थशास्त्रमा गोल्डमेडल प्राप्त गरकी हुन भने उनले बोस्टन बिश्वबिधालय बाट बायो–जेनेटिक इन्जिनियरिङ सकेकी हुन । 


बिद्या बालन
नायिका बिद्या बालनले समाजशास्त्रमा स्नातकोत्तर पुरा गरेकी छिन् । 

 

प्रिती जिन्टा 
यी नायिकाले अंग्रेजी साहित्यमा स्नातक र क्रिमिनल साइकोलोजीमा स्नातकोत्तर गरेकी छिन । 


परिनिती चोपडा 
बेलायतबाट बिजनेश र अर्थशास्त्रमा अध्यन पुरा गरेकी छिन् ।  


सोहा अलि खान
सोहाले बेलायतबाट इतिहासमा स्नातक र अन्तर्रा्ष्ट्रिय संबन्धमा स्नातकोत्तर पुरा गरेकी छिन् । 


दिशा पटनी
दिशाले कम्प्युटर साइन्समा स्नातक सकेकी छिन ।


कृति सनोन
इलोक्ट्रोनिक एण्ड कम्युनिकेशनमा स्नातक पुरा गरेकी छन । 


श्रुती हसन 
मनोविज्ञानका साथै फिल्म मेकिङको अध्यन पुरा गरेकी छिन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार