• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

नेविसंघको अध्यक्षमा राजीव ढुंगाना

काठमाडौं । नेपाल विद्यार्थी संघको अध्यक्ष राजीव ढुंगाना हुने भएका छन् । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस शीर्ष नेताहरुको छलफलमा ढुंगानालाई अध्यक्ष बनाउने सहमति भएको हो ।

 

नेविसंघको अध्यक्षमा प्रस्तावित ढुंगाना नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि निकटका मानिन्छन् । स्रोतको अनुसार ढुंगाना अर्का उपसभापति विजयकुमार गच्छदार निकट पनि मानिन्छन् ।

 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघको संयोजकमा मनोजमणि आचार्यको नाम प्रस्ताव गरेका थिए । सभापति देउवाले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने गरी अध्यक्षमा ढुंगानाको नाम प्रस्ताव गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार