• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

फुटबल समर्थकलाई 'हृदयाघात' को खतरा 

काठमाडौं । फुटबलमा अति लगाव राख्ने समर्थकहरूलाई खेल भइरहेका बेला गहिरो तनाव हुने र आफ्नो टोलीको खेल हेर्दा हृदयाघात हुनेसम्मको खतरामा आफूलाई पार्ने एक अनुसन्धानले देखाएको छ।

 

अक्सफोर्ड विश्वविद्यालयको अध्ययनले ब्राजील-जर्मनीबीच सन् २०१४ को विश्वकप सेमीफाइनलको ऐतिहासिक खेलमा समर्थकहरूको थुकको परीक्षण गरेको थियो। ब्राजील ७-१ गोलअन्तरले हारेका बेला ब्राजीलका सर्मथकहरूमा कोर्टिसोल हार्मोन अत्यधिक बढेको पाइएको थियो।

 

त्यस्तो हुँदा रक्तचाप बढ्ने र मुटुमा तनाव बढ्ने हुनाले त्यो अवस्था खतरनाक हुन सक्छ। पुरुषहरू आफूले समर्थन गरेको फुटबल क्लबसँग धेरै लगाव राख्ने आमधारणा भएपनि खेलका बेला महिला र पुरुषमा हुने तनावको तहमा कुनै भिन्नता फेला नपरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

 

खतरा महसुस
'खासगरी आफ्नो टोलीसँग अति लगाव राख्ने र आफ्नो समूहकै अभिन्न अङ्ग ठान्नेहरूले खेल हेर्दा तीव्र तनाव झेल्छन्,' अक्सफोर्ड विश्वविद्यालयको सेन्टर फर द स्टडी अफ सोसल कोहेसनकी अनुसन्धानकर्ता डा। मार्था न्यूसनले भनिन्।

 

'साधारण समर्थकहरूले पनि तनाव महसुस गर्छन् तर प्रतिबद्ध समर्थकको तुलनामा त्यो अत्यधिक हुँदैन।'

 

कोर्टिसोल हार्मोनको तह लामो समयसम्म धेरै रह्यो भने त्यसले :

 

रक्त कोषिकाहरू खुम्च्याउन सक्छ।


रक्तचाप बढाउन सक्छ।


पहिले नै कमजोर भइसकेको मुटुमा क्षति पुर्‍याउन सक्छ।

 

कोर्टिसोल बढ्दा मानिसहरूमा खतरा आएको या उनीहरूको जीवन खतरामा परेको वा उनीहरू आक्रमणमा परेको महसुस हुन सक्छ। यसअघि अनुसन्धानहरूले महत्त्वपूर्ण खेल भएका दिनहरूमा समर्थकहरूमा हृदयाघात हुने क्रम बढेको देखाएका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार