• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

८ लाख घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्षलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ । अध्यक्ष कृष्णबहादुर केसीलाई ८ लाख घुससहित पक्राउ गरिएको स्रोतले जनाएको छ।

 

प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रुपैयाँ घुस लिएको सूचना आधारमा पक्राउ गरिएको स्रोतले जनाएको छ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले गाउँपालिका अध्यक्ष केसीलाई उक्त घुससहित नियन्त्रणमा लिएको पुष्टि गरे। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार