• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।

 

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहेका प्याकुरेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरश पालनाका लागि औपचारिक परिधि भन्दा बाहिर अझ बढी सक्रियता जनाउनु पर्ने हुनाले राजीनामा दिएको बताएका छन्।

 

प्याकुरेलले कुनै पनि औपचारिक जिम्मेवारीमा आसिन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो यौग्यता नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उतरदायित्व रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

 

उनले कांग्रेसले भागबण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । उनी राष्ट्रपतिलाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ सल्लाहकारमा नियुक्त भएका थिए । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार