• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
अर्थ

सुनमा २ सय बढ्यो, चाँदी स्थिर

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेको छ। चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

 

यस्तै, तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेर ७४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

 

चाँदीभने बिहीबारकै मूल्यमा प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार