• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

‘बागी ३’ मा बाबु–छोरा संगै  

मुम्बई । टाइगर श्राफले अभिनित एक्सन चलचित्र ‘बागी’ (२०१६) र ‘बागी २’ (२०१८) ले दर्शकलाई भरपुर मनोरन्जन दिएको थियो  ।

 

फिल्मलाई अहमद खानले निर्देशन गरेका थिए भने साजिद नाडियावालाले निर्माण गरेका हुन । गत बिहिबार फिल्मको टिमले ’बागी ३’ बनाउने घोषणा गरेको छ । पहिला जस्तै यसमा पनि टाइगर श्राफले श्रद्दा कपुरसँग रोमान्स गर्ने भएका छन भने रितेश देशमुख एउटा खतरनाक भिलेनको रुपमा देखिने पक्का भएको छ । 

 

अब फिल्ममा टाइगरका बुवा ज्याकी श्राफको पनि प्रवेश भएको छ । उनी एक प्रहरीको भुमिकामा देखिँदैछन् । फिल्ममा पनि उनी टाइगरको बुवा कै भुमिकामा छन् । ६२ बर्षीय चर्चित नायक ज्याकीको प्रवेशमा फिल्ममा निर्माता धेरै नै उत्साहित देखिन्छन् ।

 

इण्डिया, मोरोक्को, टर्की, इजिप्ट, सर्बिया लगायत बिभिन्न स्थानमा सुटिङ हुने फिल्म मार्च ६, २०२० मा प्रदर्शनमा आउनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार