• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

नेपाल सिधै टि ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा

काठमाडौं । भारतमा आयोजना हुने सन् २०२१ को आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।

 

अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै २०२० जनवरी १ सम्म उत्कृष्ट वरियतामा रहेका नेपाल सहित जिम्बावे, हङकङ र यूएईलाई २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकपको छनोट प्रक्रिया अनुसार स्वतः ग्लोबल छनोटमा स्थान दिएको हो ।

 

नेपाल आईसीसी वरियतामा १२ औं स्थानमा रहेको छ । जिम्बावे ११, युएई १५ र हङकङ २० औं स्थानमा रहेका छन् । ग्लोबल छनोट २०२१ मार्च र जुलाईमा हुने छ । त्यस्तै सन् २०२० अष्टेलियामा हुने टि ट्वान्टी विश्वकपका पुछारका चार टोलीले ग्लोबल छनोट खेल्ने छन् ।

 

अष्ट्रेलियामा यसै वर्ष हुने टि ट्वान्टी विश्वकपका शीर्ष १२ टोलीले स्वतस् आगमी वर्ष भारतमा हुने विश्वकप खेल्न पाउने छन् । ग्लोबल क्वालिफायर ४ र अष्ट्रेलियामा यसै वर्ष हुने टि ट्वान्टी विश्वकपको शीर्ष १२ टोली गरि कुल १६ टोलीबीच भारतमा टि ट्वान्टी विश्वकप हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार