• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

कोरोनाभाइरस रोक्न चीनको वुहानमा सबै उडान, रेल तथा बस सेवा बन्द

चीन । श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन्।

 

कोरोनाभाइरसको सङ्क्रमणबाट चिनियाँ सहर वुहानबाट अन्यत्र फैलिइसकेको छ। पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने कैयौँको ज्यान गइसकेको छ।

 

कोरोनाभाइरसको पछिल्लो सङ्क्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरूको भनाइ छ। अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन्।

 

'जनस्वास्थ्य आपतकाल' बारे थप छलफल
उनले भने, 'जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने निर्णयलाई म निकै गम्भीर मान्छु। सबै प्रमाणहरूबारे विचारविमर्श नगरी त्यसो गर्नु उचित हुँदैन।'

 

उनले अहिले एक टोलीले चीनमा आवश्यक प्रमाणहरू जुटाइरहेको बताए।

 

कोरोनाभाइरसले उत्पन्न गरेको चिन्ताबीच त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा डब्लूएचओले बिहीवार दोस्रो बैठकको आयोजना गरेको छ।

 

त्यसका सङ्क्रमितहरू चीन र उसका छिमेकी देशका अतिरिक्त अमेरिकामा पनि भेटिइसकेका छन्। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार