• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
अर्थ

सुनचाँदीकै भाउ बढ्यो

काठमाडौं । आज सुनचाँदीकै दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदी भने प्रतितोला ५ रुपैयाँले बढेर कारोबार भइरहेको छ । 

 

हिजो ७४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आज ७५ हजार रुपैयाँ कायम भएको छ। यस्तै तेजाबी सुन पनि प्रतितोला २ सय रुपैयाँले बढेर ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजाबी सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

 

यस्तै, हिजो ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाले बढेर ८ सय ८५ रुपैयाँ कायम छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार