• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
देश/प्रदेश

कलेज बस दुर्घटना हुँदा एकको मृत्यु, एघार घाइते 

विराटनगर । मोरङको रंगेलीमा कलेज बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

 

बिहीबार बिहान साढे ६ बजेतिर लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना हुँदा सहचालकसमेत रहेका बसधनी विराटनगर–१५ का ३२ वर्षीय सानु साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

घनपालथान गाउँपालिकाको रामचोकमा अनियन्त्रित भएर बस पल्टिँएको थियो। दुर्घटना हुँदा ११ जना विद्यार्थी सामान्य घाइते छन्।  दुर्घटनापछि फरार बसका चालक खिलबहादुर खड्का पक्राउ परेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार