• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
राजनीति

राप्रपा (संयुक्त) नेता सुनिल थापा कांग्रेस प्रवेश गर्दै !

काठमाडौं । राप्रपा (संयुक्त) का महामन्त्री तथा पूर्वमन्त्री सुनिल बहादुर थापासहितका एक दर्जन प्रभावशाली नेताहरुले नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन् ।

 

पार्टी प्रवेशका लागि नेता थापासँग कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले चरणवद्ध छलफल गरेको स्रोतको दाबी छ । गत निर्वाचनलगत्तै थापा कांग्रेस प्रवेश गर्ने हल्ला चलेपनि अहिलेसम्म त्यसले पूर्णता पाउन सकेको थिएन । यद्यपि कांग्रेस नेताहरूसँग उनको छलफल जारी छ । 

 

थापालाई कांग्रेस भित्र्याउँदा दिने भूमिकाको विषयमा अहिलेसम्म सहमति भने जुटेको छैन । उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग महामन्त्री पद दाबी स्रोतको दावी छ । तर, कांग्रेसमा थापाभन्दा सिनियर नेताहरू धेरै भएकाले उनलाई अन्य पद दिन सकिने नेताहरूको भनाइ छ ।

 

उनले पार्टीभित्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्ने आवाज उठाउँदै आएका छन् । तर, उनको आवाजको कुनै सुनुवाई नहुने भएपछि उनी कांग्रेस प्रवेशको तयारीमा जुटेका हुन् । थापाले यसअघि आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार