• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

अग्नि सापकोटाको बिषयमा माइतीघरमा जुलुस निकाल्नु औचित्यहीन : प्रचण्ड

काठमाडौं ।  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा जुलुस निकाल्नु र विरोध प्रदर्शन गर्नुको कुनै औचित्य नभएको स्पष्ट पारेका छन् ।

 

सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीले प्रदर्शन गरिरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको हो । अध्यक्ष दाहालले सभामुखका उम्मेद्धवार सापकोटाको विरोधमा माईतीघरमा विरोध गर्नुको कुनै औचित्य नभएको जिकिर गरे । उनले भने,‘जाडोमा माईतीघरमा उफ्रिएर केही हुँदैन् ।’ 

 

उनले अग्नि सापकोटाको विरोध गर्नेलाई ‘चिसो खान माईतीघरमा कुर्लिएर केही हुँदैन् । चिसो हावामा नबस्नुहोस्’ भन्ने सन्देश दिएका थिए । उनले सापकोटा सभामुखको साझा उम्मेद्धवार भएको सुनाउँदै अब विरोध गर्नु औचित्यहीन भएको दाबी गरे ।

 

प्रचण्डले सापकोटाविरुद्ध कुनै मुद्दा नै नभएको पनि दाबी गरे । बेकारको कुरा हो त्यो । हाम्रो पार्टी त सर्वसम्मत निर्णय गरेर सभामुखमा अग्नि सापकोटालाई अघि सा¥यौं । हिजो प्रतिपक्षी र अरू पार्टीले समेत उहाँलाई समर्थन गरिसकेपछि सिंगो राष्ट्र नै एक ठाउँमा भएको बेला माइतीघरमा साथीहरूले दुःख नगरे हुन्थ्यो,’’ प्रचण्डले भने ।

 

यसअघि बुधबार दिउँसो मानवअधिकारवादीहरूले अदालतमा मुद्दा चलिरहेको व्यक्तिलाई सभामुख बनाउन लागिएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार