• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

५ हजार घुस सहित  प्रहरी जवान यादव पक्राउ

लहान । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान ५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । 

 

घरायसी प्रयोजनका लागि भारतीय बजार लदनियाँबाट समान ल्याउन सहयोग गरिदिने भन्दै स्थानीयसँग लिएको घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीको टोलीले प्रहरी यादवलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेका प्रहरी जवान यादवलाई आवश्यक अनुसन्धानका लागि अख्तियारको बर्दिवास कार्यालय लगिने अख्तियारले जनाएको छ । यसअघि आयोगको टोलीले करिब १९ लाख रुपैयाँ घुस सहित लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख विनोद शाहसहित ३ इन्जिनियरलाई पक्राउ गरेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार