• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

एन्फा र इग्ल्यान्ड ‘सी’ बीच मैत्रीपूर्ण खेल तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र इग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ ।

 

सम्झौताका लागि इग्ल्यान्ड फुटबल एसोसिएसनका (एफए) लरेन्स जोन्स र एन्ड्रयू स सोमबार काठमाडौं आइपुगेका थिए । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलमा लोरेन जोन्सले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतासँगै दुई टिमबीच होम एण्ड अवेको आधारमा दुई मैत्रीपूर्ण खेल हुनेछ ।

 

होम एन्ड अवेमा हुने मैत्रीपूर्ण खेलको पहिलो खेल जेठ १२ गते मा इग्ल्यान्डमा हुनेछ । नेपालमा हुने खेलको भने मिति तय हुन बाँकी छ । एन्फा अध्यक्ष शेर्पाले सम्झौतालाई नेपाली फुटबल विकासको लागि अर्को एउटा राम्रो सुरुवात भएको बताएका छन् । उनले भविष्यमा अन्य कार्यक्रममा पनि सम्झौता हुने विश्वास व्यक्त गरे ।

 

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा हुने बताए । सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने उनले बताए । वार्षिक रुपमा मैत्रीपूर्ण खेलको निरन्तरता दिने प्रयास अन्फाबाट हुने र सोही अनुसार काम अगाडी बढाउने उनको भनाई थियो ।

 

नेपाली टोली र इग्ल्यान्ड ‘सी’ बीचको खेल अल्डरसट फुटबल मैदानमा हुनेछ । नेपाली ब्रिटिस गोर्खाहरुको बाक्लो बसाई रहेको ठाँउमध्ये अल्डरसट पर्दछ । एफए प्रतिनिधि जोन्सले प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेको बताएका छन् ।  एफएका अर्का प्रतिनिधि सले अल्डरसट फुटबल मैदान नेपालीका लागि घरेलु मैदान जस्तै भएको बताएका छन् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार