• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० ले घटेको छ ।  

 

आज छापावाल सुनको मूल्य प्रतितोला  ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला  ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला  ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला  ७५ हजार पुगेको थियो ।

 

सुनको सँगै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला  ८८० भएको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार