• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

पश्चिमी वायुको प्रभाव सकिएसँगै  मौसममा सुधार

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सकिएसँगै देशभरको मौसममा सुधार आएको छ। हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

अहिले देशका तराईका अधिकांश क्षेत्र तथा पहाडी भूभागका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ। बुधबार दिनभर अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविद् समीर श्रेष्ठले बताए । 

 

हिजो न्यूनतम तापक्रम २ दशमलब ७ डिग्री सेल्सीयस रहेकोमा आज बिहान भने १ दशमलब ६ डिग्री सेल्सीयसमा झरेको छ ।

 

यस्तै बुधबार राति पनि देशभरको मौसम सामान्यतया सफा रहने जनाइएको छ । अब केही दिन मौसम देशभर सामान्यतया सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाको ठ्म्याई छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार