• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

बायोपिक : हिजो र आज

काठमाडौं । सामान्य व्यक्ति, देश प्रति बफादार शहिद, वीर सिपाही, खेलाडी, राजनीतिक दल, व्यापारी, साहित्यकार, भिलेन आदिको जीवनीमा केन्द्रित भएर बन्ने चलचित्र हो बायोपिक । 


हलिउड, बलिउड लगायत अन्य चलचित्र उधोगमा चर्चित वा आदर्श व्यक्तिका जिवनी र घटनाक्रमका आधारमा चलचित्र बनाइने अभ्यास छ । यस्तै बायोपिकमा आधारित भएर बनेका प्राय चलचित्रहरुले ओस्कारमा पुरस्कृत वा मनोनित हुने सम्भावना बोकेका हुन्छन् ।  नेपालमा व्यवसायीक रुपमा बनेका बायोपिक हातमा गन्न सकिन्छ । रामकृष्ण ढकालको ‘आशीर्वाद’, झमक घिमिरेको ‘जीवन काँडा कि फुल’, भानुभक्त आचार्यको ‘आदिकवी भानुभक्त’, मदन भण्डारीको ‘दासढुंगा’, भक्तराज आचार्यको ‘आचार्य’ । नेपालमा थुप्रै त्यस्ता व्यक्तिहरु छन् जसको जीवनीमा बायोपिक बनाउन सकिन्छ तर यसमाथी बजारको अभाव हो वा चलचित्रकर्मीको ध्यान नपुगेर हो नेपालमा बायोपिक चलचित्र एकदमै कम बन्ने गर्छन । 


चलचित्रमा नायकको जिम्मेवारी भनेको गीत गाउँदै नाच्दै नायिकाको पछिपछि लाग्दै, दुईतीन दर्जन भिलेनलाई कुट्ने, समाजसग बिद्रोह गरी प्रेम जीवन सफल पार्ने हुन्थ्यो । अर्कोतिर नायिका सुन्दर, ग्लयामर भई भिलेनबाट उद्धारका निम्ति नायक कुर्ने परिपाटी हुन्थ्यो । यसरी सिमित बिषयबस्तुमा केन्द्रित भएका चलचित्र जीवनभन्दा टाढा भए । यस्ता चलचित्रले  मनोरन्जन त दिए तर समाज वा व्यक्तिको  मानसिकतामा सकारात्मक रुपान्तरण ल्याउन सकेन ।  बास्तविक मान्छेका सत्य घटना वा जीवनीमा चलचित्र बनाई एक नयाँ विधा बन्यो – बायोपिक जसले दर्शकलाई मनोरंजन, ज्ञान र  सकारात्मक सोच दियो ।


बलिउडमा नै हेर्ने हो भने पनि त्यहाँ थुप्रै बयोपिक बनेका छन् । एक सर्वेक्षण अनुसार त्यहाँ करिब दुईसय भन्दा बढी बायोपिक बनिसकेका छन् । एक जमाना थियो बायोपिक व्यापारिक हिसाबले हुने गर्थ्यो र निर्देशकको कल्पनाशीलताको सिप र कलाकारको अभिनय सन्तुष्टिका निम्ति यस्ता चलचित्र बन्ने गर्थे ।  तर अहिले बनेका बायोपिक कलात्मक रुपमा र ब्यवसायीक रुपमा सफल छन् । 


बलिउडमा केही त्यस्ता बायोपिका चलचित्रहरु बने जसले व्यापारीक हिसाबमा पनि सफलता पायो र दर्शकलाई पनि भरपुर मनोरञ्जन दिने काम गर्यो ।  


द डर्टी पिक्चर 
दक्षिण भारतकी कलाकार सिल्क स्मिताको जिवनीमा आधारित यस चलचित्रमा बिद्या बालन सिल्कको भूमिकामा देखिएकी छिन् ।  सामान्य व्यक्तिको कलाकार बन्ने इच्छा, र त्यसको निम्ति गर्नुपर्ने सम्झौता, चर्चित कलाकार भइसके पछीको घमण्ड, ग्ल्यामर, असफलताको भय, कुलत, अनि नरामो मरण । यस चलचित्रको कथा सिल्कको  वास्तविक अवस्थालाई चित्रण गर्नुमा केन्दित छ । 


पान सिंह तोमर
एक गोल्ड मेडल जित्ने सैनिक खेलाडी कसरी डरलाग्दो डाकु बन्छन् भन्ने सत्य घटनामा आधारित चलचित्र हो पान सिंह तोमर । सहज अभिनय, सरल कथावस्तु र पट्यारलाग्दो दृश्यले  चलचित्र दोहोर्याएर हेर्न पनि आकर्षित बनाउँछ ।  कलाकार इरफान खान र नवाजीदिन सिद्दिकीले चलचित्रमा अभिनय गरेका छन् ।  


शाहिद 
भारतीय वकिल एर्व मानव अधिकारकर्मी शाहिद आजमीको जीवनीमा आधरित यस चलचित्रले मुस्लिमहरुलाई गरिएको दुव्र्वयवहारको कारण सानो उमेरमा शाहिद कसरी आतंकवाद तिर लाग्छन् भन्ने कुरा देखाएको छ । कैद भएको बेला पुलिसको यातना र साथसाथै अध्ययन गरी वकालतको अभ्यास गरेका शाहिदले निर्दोष मुस्लिमलाईहरु सजाय पाउनबाट रोक्छन् । आतंकवाद र आतंककारीलाइ सहयोग गरेको आरोपमा उनलाई यातना दिइन्छ र एकदिन उनकै अफिसमा हत्या गरिन्छ ।  राजकुमार रावको स्वभाविक अभिनयमा यो बायोपिक हेर्न लायकको बनेको छ । 


मेरी कोम 
नेपाली कलाकार सुनिल थापाले बक्सिङ खेलाडी मेरी कोमको कोचको भूमिका गरेका यस चलचित्रमा प्रियंका चोपडा मेरी कोमको भूमिकामा देखिएकी छिन् । एक विकट ठाउँबाट महिला खेलाडीले ओलम्पिकमा गोल्डमेडल ल्याउन गरेको त्याग, दुख अनि संघर्षलाई चलचित्रमा देखाइएको छ ।  चलचित्र मेरी कोमको जीवनीमा बनेको हो । 


माझी : द माउन्टेन म्यान 
एक सामान्य नागरिकको कथावस्तुमा केन्दित यस चलचित्रको मुख्य भूमिकामा नवाजीदिन सिद्दिकी देखिएका छन । उनले दशरथ माझीको भूमिका गरेका छन् जसले आफ्नो श्रीमती लडेर मरेको पाहाडलाई बाइस बर्ष लगाएर फोर्छन । सामान्य घरेलु औजारको सहायतामा उनी एक्लैले त्यो पहाडबाट सजिलै हिड्न मिल्ने बाटो बनाउँछन । माझीले यही क्रममा भोगेको मानसिक अवस्थालाई चलचित्रले सुन्दर एवं कारुणिक ढंगमा देखाइएको छ ।  

 

अघिल्लो दशकमा बनेका सफल बायोपिक चलचित्रले सन् २०२० का लागि प्रसस्त बाटो खोलिदिएका छन् । यो वर्ष थुप्रै भारतीय बायोपिक चलचित्र प्रदर्शनको तयारीमा छन् । यही वर्ष रणवीर सिंह ‘८३’ मा भारतीय पुर्व क्रिकेट खेलाडी कपिल देवको भूमिकामा देखिँदै छन् । 


चलचित्र ’साइना’ बाट परिनिती चोपडा सफल टेनिस खेलाडी साइना मिर्जाको भूमिकामा देखा पर्ने छिन् भने बिद्या वालन गणितविद शकुन्तला देबीको भूमिकामा देखिने भएकी छिन् । यो बर्ष पहिलो महिला एयर फोर्स पाइलोट गुन्जन सक्सेनाको भूमिका गर्दैछिन् स्वं श्रीदेवी पुत्री जान्बी कपुर । त्यस्तै बिक्की कौसल स्वतन्त्र शेनानी सरदार उधम सिंह, अजय देबगन फुटबल कोच सहिद अब्दुल रहिम र अक्षय कुमार राजा पृथ्वीराज चौहान बनेर देखिने भएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार