• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
देश/प्रदेश

युवा सम्मेलन शुरु

काठमाडौं । ‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नारासाथ दुईदिने राष्ट्रिय युवा सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । सम्मेलनमा समाज रुपान्तरणमा युवाको योगदान तथा अपरिहार्यताबारे छलफल हुनाका साथै लैङ्गिक समानता, महिला सशक्तिकरण र हिंसा न्यूनीकरणका क्षेत्रमा युवा परिचालन गर्नेबारे छलफल चलेको छ ।

 

लैङ्गिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासका महत्वपूर्ण उपलब्धिलाई छलफलमा विषय बनाइएको छ । सम्मेलनको उद्घाटन गर्दै एसिड पीडित १४ वर्षीय मुस्कान खातुनले महिला भएकै आधारमा कोही पनि कुनै पीडामा पर्ने वातावरण अन्त्य गर्नुपर्नेमा जोड दिए ।     
     

आफूलाई समाजमा बाहिर निस्कन नदिने अभिलाषाका साथ अपराधीले एसिड प्रहार गरेको भए पनि उसलाई चुनौती दिन आफू जस्तै एसिड पीडितको पक्षमा आवाज उठाउन देशैभर पुग्ने उहाँले प्रतिबद्धता जनाए । 'जसले एसिड छ्याप्यो उसले मलाई समाजमा बाहिर निस्कन नदिने उद्देश्य राखेको थियो तर उसको उद्देश्य पूरा हुन नदिन म आफू जस्तै पीडितका लागि आवाज उठाउँछु', उनले भने । ।     
     

खातुनले प्रदेश २ सरकारले चलाइरहेको ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानप्रति लक्षित गर्दै पहिला पढ्न जाने वातावरण बनाउन आग्रह गरे । उनले प्रश्न गर्दै भने, 'दोषीलाई कडाभन्दा कडा सजाय भए पो हामी निर्धक्कसँग पढ्न सक्छौँ ।' खातुनले सरकारले आफूजस्तै एसिड पीडितका लागि शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा प्रतिनिधिसभा सुशासन समितिको सभापति शशी श्रेष्ठ, महिला अधिकारकर्मी बन्दना राणा, दुर्गा घिमिरे, मेधा शर्मा लगायतले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि भए पनि अझै समानता हात पर्न नसकेको बताए ।     
     

राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा साथी संस्था, जागृति बाल तथा युवा सरोकार नेपाल र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको हो । बुधबारसम्म चल्ने सम्मेलनमा ७७ जिल्लाका २०० युवाको सहभागिता छ । सम्मेलन युवाको आह्वान र प्रतिबद्धता सहितको घोषणापत्र तयार पारेर सरोकार भएका निकायलाई हस्तान्तरण गर्दै बुधबार सम्पन्न हुनेछ ।

 

नेपाल सरकार राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपाल र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको हो । दुई दिनसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्लाका २ सय जना युवाको सहभागिता रहेको छ । सम्मेलन युवाहरुको आह्वान र प्रतिबद्धतासहितको घोषणा पत्र तयार पारेर सरोकारवालालाई हस्तान्तरण गर्दै बुधबार सम्पन्न हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार