• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

राजु लामाको ‘बिहे नगरी भा' छैन’ सार्वजनिक

काठमाडौं । गायक राजु लामाको ‘बिहे नगरी भा' छैन’ बोलको गीत सार्वजानिक भएको छ ।

 

गीतमा आरबी लामाको शब्द तथा संगीत सुन्न सकिन्छ भने  गायक राजु लामाको आवाज, दिपेश प्रधानको मिक्सिङ र स्व. बबी राज घतानीको गीतमा एरेन्ज रहेको छ ।

 

यस्तै गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा बिहे गर्नुपर्ने अवस्था आएको एक युवकको भावनालाई देखाइएको छ ।

 

गीतको म्यूजिक भिडियो वीरेन्द्र भट्टले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले कलर र सम्पादन गरेका छन् । हेरुका लामाले कोरियोग्राफी र निर्देशन गरेका भिडियोमा हेरुका लामा, निरान्जली लामा, चाँदनी मोक्तान र रमन तामाङले अभिनय गरेका छन् । 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार