• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

अग्नि सापकोटाले गरे उम्मेदवारी दर्ता, राजपाको पनि समर्थन

काठमाडौं । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रस्तावक राखेर नेकपाका सांसद अग्नि सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गरेका छन् ।

 

संघीय संसद सचिवालयमा मंगलबार दर्ता भएको उनको उम्मेदवारीमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण समर्थक बसेका छन्।

 

राजपाले सभामखुमा नेकपाका उम्मेदवारलाई समर्थन दिँदै प्रस्ताव बसेको हो। आज संसद् भवन बानेश्वरमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्तासमय तोकेको छ। 

 

सङ्घीय संसद् सचिवालयका अनुशार आजै अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभामुखको उम्मेदवार छान्ने छलफलमै छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार