• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
डबली

जापानमा आठ बालकलाकारको चित्रकला प्रतिस्पर्धा

काठमाडौं ।  मित्सुबिसी एसियाली बालचित्र महोत्सवमा नेपालका आठ बालकलाकारको कलाहरू छनोट भएका छन्। 

 

सोमबार बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपालका सातै प्रदेशका विभिन्न जिल्लाहरूमा आयोजित  ‘यही हो मेरो जीवन’ शीर्षकमा बालबालिकाहरूले बनाएका चित्रकलामध्ये उत्कृष्ट आठ कला छानिएका थिए । ‘यही हो मेरो जीवन’ शीर्षकमा बालबालिकाहरूले बनाएका चित्रकला प्रदर्शनीमा राखिएको छ।

 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धर संयोजक रहेको छनोट समितिको निर्णयअनुसार इलामको महमाई आधारभूत विद्यालयका कक्षा ६ का ब्रिसिका तामाङ, पर्साको सिद्धार्थ माविका कक्षा ६ का प्रेममाला यादव, धादिङको गुडस्टार्ट बोर्डिङ स्कुलका कक्षा ४ का अविनाश रेग्मी, काठमाडौंको तरुण माविका कक्षा ४ का भावना भुजेल, नीलबाराही माविका कक्षा ४ का अनुष्का कुमारी, बाँकेको जयबागेश्वरी माविका कक्षा ७ का पूर्णिमा बुढाथोकी, सुर्खेतको जनसेवा माविका सन्ध्या शाही, कञ्चनपुरको बैजनाथ माविका कक्षा ७ का मनिषा गुरुधामीका कलाहरू छनोट भएका थिए। 

 

जापानमा आयोजना हुने महोत्सवअन्तर्गत छनोट भएका आठ बालबालिकाको बालचित्र डायरी माघ १७ सम्म जापान पठाइसक्नुपर्नेछ। आगामी मे महिनाको अन्तिममा विजयी घोषणा हुनेछ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार