• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

नायिका दिशा पटानीको बोल्ड अन्दाज

मुम्बई । भारतीय फिल्म क्षेत्रमा जति चर्चा कलाकारको अभिनय वा चलचित्रको हुन्छ त्यो भन्दा धेरै कलाकारको व्यक्तिगत क्रियाकलापमा भएको पाइन्छ ।  

 

अझ धेरै चर्चा प्राय अभिनेत्रीहरुको बोल्ड लुक्स र उनीहरुले सामाजिक सञ्चालमा राखेका तस्विरहरुको हुनेगर्छ । यी चर्चापरिचर्चा परालको आगोजस्तो बलिहाल्छ जबसम्म अर्को होहल्ला थपिँदैन । कलाकारहरुले यस्तो क्रियाकलाप आफनो फिल्म कै प्रमोशनका लागी गरेका हुन्छन् । 

 

यो हप्ता बलिउड नायिका दिशा पटानीको एक तस्वीर इन्टासग्राममा अत्याधिक चर्चित भएको थियो । उनले आफ्नो आगामी चलचित्र 'मलंग' को सुटिङको समय खिचिएको उक्त तस्वीरमा अत्याधिक कमेन्टहरु पनि आएका छन ।

 

समुन्द्री किनारमा कैद गरिएको उनको रातो बिकनी लगाएको तस्वीरले एकदमै चर्चा बटुलेको थियो । उनको यो रुपले सबैलाई मोहित बनाउको थियो भन्दा खासै फरक पर्दैन । यसले उनी अभिनित चलचित्र 'मलंग' लाई फाइदा भएको छ । प्रेममा हुने बदलाको भावनामा केन्द्रित रहेको यस चलचित्रको ट्रेलरमा पनि उनी बिकनीमा देखिएकी छिन् ।

 

उनले यसअघि सलमान खानसग 'भारत' मा अभिनय गरेकी थिइन । उनी फेरी पुन सलमानसंग 'राधे' मा काम गर्दैछिन।  कुनै समय उनको नाम नायक टाइगर श्राफसंग पनि जोडिएको थियो ।  एजेन्सी 

  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार