• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सभामुख निर्वाचन माघ १२ गते

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ १२ गते हुने भएको छ। आज बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । 

 

आजै ४ बजे प्रतिनिधिसभाको दोस्रो बैठक बस्दैछ । सो बैठकले औपचारिक रुपमा  सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी छ । 

 

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका महन्थ ठाकुरले ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि ठाकुरकै अध्यक्षतामा सभामुख चयन प्रक्रिया अघि बढ्ने छ।

 

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख विहीन छ । नेकपाले सभामुखमा अग्नि सापकोटालाई अघि सार्ने निर्णय गरिसकेको छ । अरु दलले भने सभामुखमा उमेदवारीबारे निर्णय गरिसकेका छैनन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार