• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

अग्नि सापकोटालाई सभामुख बनाउन अध्यक्षद्वय सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अग्नि सापकोटालाई सभामुखको उमेदवार बनाउन सहमत भएका छन् । 

 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको प्रधानमन्त्री ओली निकट स्रोतले जानकारी दियो ।

 

दुई अध्यक्षको सहमतिलाई अपराह्न ४ बजे बस्ने नेकपाको सचिवालय बैठकले अनुमोदन गर्नेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार