• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
अर्थ

सुनको भाउ प्रतितोला २ सय रुपैयाँ महंगो, चाँदी स्थिर

काठमाडौं । आज सुनको मूल्यमा वृद्धि भएको छ ।  नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको छ भने चाँदी स्थिर छ । 

 

आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो शनिबार छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

यस्तै तेजाबी सुन आज प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार भने तेजाबी सुन नेपाली बजारमा प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

 

महासंघका अनुसार, आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिनपनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार