• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

सभामुखको टुंगो लगाउन नेकपा अध्यक्षद्वय छलफलमा

काठमाडौं । नयाँ सभामुख चयनका लागि छलफल गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्डबीच सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको हो। अध्यक्ष प्रचण्डले सभामुखमा पूर्वमाओवादीको दाबी प्रस्तुत गरेको र त्यसप्रति ओली सकारात्मक नभएकाले निर्णय हुन सकेको छैन।

 

ओली र दाहालबीच आइतबार हुने छलफलले सभामुखबारे निकास निकाल्ने अनुमान गरिएको छ । तर उपसभामुख शिवमाया तुम्वाहाम्फेले आफूलाई नै सभामुख बनाउनुपर्ने अडान लिँदै राजीनामा दिन नमानेपछि अन्यौल सिर्जना भएको छ ।

 

बिहीबार पनि ओली र प्रचण्डबीच सभामुख चयन विषयमै केन्द्रित भएर छलफल भएको थियो। छलफल सकारात्मक दिशातर्फ अगाडि बढेको र चाँडै सभामुखको टुङ्‌गो लाग्ने जानकारी दिइएको थियो। सभामुख चयन हुन नसक्दा लामो समयदेखि संसद अवरुद्ध छ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार