• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा गायिका राउतविरुद्ध मुद्दा दर्ता

काठमाडौं । गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । गत बुधबार त्रिभुवन विमानस्थमा सुरक्षा चेकजाँचका क्रममा उनले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको परिसर काठमाडौंमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

 

त्रिभुवन अन्तर्राष्टिय बिमानस्थलमा तैनाथ प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यबहार गरेको आरोप लागेकी राउतमाथि गालीगलौज र अभद्र व्यबहार कसुरमा मुद्धा चलाउन लागेको हो।

 

कानुन अनुसार अभद्र व्यवहार कसुरमा प्रमुख जिल्ला अधिकारीले आरोपितलाई कैद र जरिवाना गराउन सक्छन्। गत बुधबार काठमाडौंबाट भद्रपुर जान लागेकी गायिका आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन । 

 

यही क्रममा प्रहरीसँग भएको भनाभनलाई लिएर फेसबुकमा प्रहरी संगठन र सुरक्षाकर्मीहरुलाई गाली–गलौज गरेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जाल फेसबकु मार्फत प्रहरीलाई गाली गरेको भन्दै प्रहरीजवान श्रेष्ठले उजुरी दिएकी हुन् । 

 

तर विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजमा प्रहरीले उनलाई ज्याकेट खोल्न आग्रह गर्दा हतार गर्दै कफी छाडेर हिँड्न लागेपछि प्रहरीले नै उनलाई कफी लैजान आग्रह गरेको भिडियोमा देख्न सकिन्छ ।

 

उजुरीको व्यहोरा र सीसीटीभी फुटेजका आधारमा महानगरीय प्रहरी कार्यालयले काठमाडौं परिसरलाई कारबाही थाल्न निर्देशन दिएको थियो। महानगरीय प्रहरी कार्यालयले राउतमाथि मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ११८ अन्तर्गत अनुसन्धान गरी आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई निर्देशन दिएको हो।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार