• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
देश/प्रदेश

टहरा हटाइएको बिषयलाई लिएर बाह्रबिसेमा तनाव, कर्फ्यु आदेश जारी

सिन्धुपाल्चोक । अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयमा स्थानीयको प्रदर्शनले उग्र रुप लिएको छ । स्थीती नियन्त्रन गर्नका लागी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सो क्षेत्रमा कर्फ्यु आदेश जारीगरेको छ ।

 

जिल्ला प्रशासन कार्यालयले आज बिहान एक बिज्ञप्ति प्रकाशन गदै कर्फ्यु लगाएको जानकारी दिइएको हो । विज्ञप्तिमा आइतबार बिहान ८:०० बजेदेखि बेलुकी ५ बजेसम्म कर्फ्यु लगाइएको जानकारी गराइएको छ ।

 

हुलदंगा र अशान्ति हुन सक्ने संभावना देखिएकोले स्थानीय प्रशासन ऐन २०२८ को दफा ९३क० बमोजिम कर्फ्यु लगाइएको प्रजिअ चेम्जोङले जानकारी दिए । बाह्बिसे बजारदेखि पूर्वदिशा ३ सय मिटर, पश्चिम दिशा तर्फ भोटेकोशी नदीको मोटरेबल पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिण दिशा तर्फ बाह्बिसे बजारबाट पिस्कर र क्षमादेवी जाने बाटोसम्म र्कफयु लगाइएको जानकारी दिइएको छ ।

 

शनिबार बाह्बिसे नगरपालिकाको कार्यालयमा टहरा हटाइएको बिषयमा असन्तृष्ट पक्षले  प्रर्दशन र नाराबाजी गरेका थिए । उनीहरुले आइतबार बिहान ९ बजे नपाको कार्यालयमा तालाबन्दी गर्ने कार्याक्रम तय गरेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार