• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
खेलकुद

मनाङ र थ्री स्टार बराबरीमा

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन । 

 

खेलको १९औं मिनेटमा भारतीय खेलाडी लालरम्मावियाले फ्रिकिकमा सिधै गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। पुजन उपरकोटीले ह्यान्ड गरेपछि बक्स बाहिर प्राप्त फ्रिकिकमा लालरम्मावियाले सुन्दर गोल गर्न सफल भएका थिए । 

 

३१औं मिनेटमा अन्जन विष्टको फ्रिकिकलाई गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरे। खेलको ३९औं मिनेटमा लालरम्मावियाको पासमा शिव सुवेदीको प्रहार पोस्टबाट थोरै बाहिरिदा थ्री स्टारले अग्रता दोब्बर पार्ने अवसर खेर फालेको थियो।

 

४९ औँ मिनेटमा मनाङका लागि अन्जन विष्टले पेनाल्टी मार्फत बराबरी गोल फर्काए । यस्तै खेलको ६७ औँ मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै मनाङलाई २–१ गोलको अग्रता दिलाए । खेलको ८४ औँ मिनेटमा लालले गोल गर्दै खेल २–२ को बराबरी बनाएका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार