• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

त्रिभुवन आर्मी क्लबको हातमा एमएम कप क्रिकेटको उपाधि

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले मनमोहन मेमोरियल ९एमएम० कप क्रिकेटको उपाधि उचालेको छ । शनिबार भएको खेलमा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ८५ रनको फराकिलो अन्तरले पारजित गर्दै उपाधि आफ्नो पोल्टोमा पारेको हो । 

 

जितसँगै विजेता आर्मीले ४ लाख ५ हजार र उप विजेता पुलिसले २ लाख ५ हजारमा नगद प्राप्त गरेका छन् । इनरुवामा आर्मीले दिएको १८५ रनको लक्ष्य पछा्एको पुलिसले २४ ओभर ४ बलमा अल आउट हुँदै मात्र ९९ रन बनायो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रनको योगदान गरे । 

 

त्यस्तै अमित श्रेष्ठले २३ रन जोड्दा अनिल कुमार शाहले २१ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो रन जोड्न सकेनन् । बलिङतर्फ आर्मीका लागि सुशान भारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै शाहव आलमले तीन विकेट लिँदा कुशल मल्लले दुई तथा बिक्रम सोवले एक विकेट लिए । 

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ४८ ओभर ५ बलमा अल आउट हुँदै १८४ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४० रनको योगदान गरे । त्यस्तै राजेश पुलामी मगरले ३१ रन जोड्दा राजु रिजा २२, बिक्रम सोब १५, रोहित कुमार पौड्यलले ११ रन बनाउँन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन बनाउँन सकेनन् । 

 

बलिङतर्फ पुलिसका लागि दिपेन्द्र ऐरी, सागर ढकाल र ललित राजवंशीले समान तीन–तीन विकेट लिए । त्यस्तै पवन शरार्फले एक विकेट लिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार