• शनिबार १-८-२०८१/Saturday 04-20-2024
डबली

मेरो बेहोसी आज...

मेरो योग्यता आज

मेरो लागि बाधा भो

छोपिए न्याय सबै 

आफ्ना सबै अर्का भो 

मेरो राजनीति आज............

 

यो नशा गुट नीतिको

या हो नशा शक्तिको 

यो नशा दिल्लगीको

या हो नशा उन्मादको 

के हो यो नीति के हो 

नयाँ नयाँ श्री ६ हो

आस्था सबै ती 

भ्रष्टाचार कै खानी भो 

के संविधान नीति सबै 

समावेशी नै हावा भो 

मेरो योग्यता आज............... 

 

मेरो त्यो त्याग यहाँ 

भो नेता भनिदेउ

मेरो अधिकार यहाँ

के भो कामरेड भनिदेउ 

तिम्रो यो खेल यहाँ

के हो दाऊ भनिदेउ 

जे थिए यात्राहरु ती

बिर्सिएर वाधा भो

हराए जित सबै 

हराए नीति सबै

योग्यता नै बाधा भो

मेरो पार्टी आज 

मेरो लागि बाधा भो...........

मेरो योग्यता आज............

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार