• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

‘नाटकबाट पैसा कम दर्शक धेरै कमाइन्छ’

आजकल के मा व्यस्त हुनुहुन्छ ?
म शिक्षण पेशा, रंगमञ्च, सडक नाटक, लेखन निर्देशनमा व्यस्त छु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दियाको अध्यक्ष पनि छु । लोककला तथा संस्कृतिको संरक्षणमा निरन्तर लागिरहेको छु, पुरानो कला संस्कृतिको खोज अध्ययन अनुसन्धान गर्न मन लाग्छ । यसका साथै सामाजिक कामहरुमा जोडिएको छु । 

 

कति भयो रंगमञ्चमा लाग्नुभएको ?
अभिनय त मेरो सानै देखिको रुची हो । यस क्षेत्रमा लागेको आज १५ बर्ष भन्दा बढी नै भयो होला । 

 

तपाई धेरै सडक नाटक बनाउनु हुन्छ होइन ?
सामाजिक सन्देश फैलाउने, शिक्षा मुलक, नाटकको माध्यमबाट सामाज परिवर्तन गर्ने कामम लागिपरेको छु । यसै सन्दर्भमा धेरै नाटक लेख्ने, अभिनय गर्ने र निर्देशन गर्नै काम पनि थालियो ।

 

 

के हो सडक नाटक ?
सडक नाटकको परिभाषा यस शब्दको अर्थबाट नै प्रष्ट हुन्छ । दर्शकहरुलाई देखाउन खोजिएको कुरा अभिनयको माध्यमबाट मञ्च बिना सडक मै प्रस्तुत गर्नु सडक नाटक हो । 

 

सडक नाटक र अन्य नाटकमा के फरक छ ?
धेरै फरक छ । अन्य नाटकहरुका लागि कथाले मागे अनुसारको दृश्य देखाउन स्टेज, प्रकाश तथा कथा अनुसारको कामहरु गर्नुपर्छ । तर सडक नाटकमा सडकमै अभिनय र संवादको माध्यमबाट कथावस्तु प्रस्ट पार्न सकिन्छ । सडक नाटक कम साधन स्रोतबाट देखाउन सकिन्छ भने अन्य नाटक अलि खर्चिलो हुन्छ । 

 

बर्दियामा बस्नुहुन्छ काठमाडौंमा नाटक गर्न मन लाग्दैन ?
काठमाडौंमा बसेर नाटक गर्न मन नहुने कुरै भएन तर केहि वाध्यताले बर्दिया मै बसेर कलाकर्म गर्दैछु । यसलाई निरन्तरता पनि दिँदैछु । मेरो पारिवारिक वाध्यताले काठमाडौं बस्न सकिन । मेरोे आमा बिरामी हुनुहुन्छ । उहाँको स्याहार गर्नुपर्ने भएकोले पनि घर छाड्न सक्दिन तर म काठमाडौं सम्पर्क मै हुन्छु । धैरे काठमाडौंका रंगकर्मी साथीहरुले माया गर्नुहुन्छ । म काठमाडौ जाँदा नाटकघरहरुमा जान्छु आनन्द लाग्छ । त्यहाँ पुग्दा मण्डला, शैली, शिल्पी थिएटर पुगेकै हुन्छु । यहाँबाट भएपनि काठमाडौंका रंगकर्मी साथीहरुसँग फेसबुकबाट कुरा भईरहेको हुन्छ । 

 

 

नाटक गरेर पैसा त पक्कै कमाउनु भएको होला ? 
नाटक म आनन्दको लागी गर्छु । पैसा कमाउनु भनेको त भाग्यमा लेखेर आउनु पर्छ । फेरी मौफसलमा बसेर नाटकबाट जीवन धान्न धेरै गाह्रो छ । पैसा कमाउन भन्दा पनि आत्मसन्तुष्टि मिलेको छ । मान्छे कमाएको छु, खुशी पाएको छु ।

 

अहिलेसम्म कतिवटा नाटक बनाउनु भयो ?
धेरै नाटकहरु गरियो । त्यस्तै करिब एक दर्जन जति पुगे होलान् ।  

 

चलचित्रमा अभिनय गर्न मन छैन ?
चलचित्र पनि गरेको छु । मेरो पहिलो फिल्म रेशम चौधरीको कथा तथा रञ्जित रानामगरको निर्देशनमा थारुजातीको चलचित्र ‘कमैया’ हो । त्यसपछि मैले ‘डगर’, ‘भुईचाल’, ‘तागत’ लगायत थिए । त्यस्तै नेपाली चलचित्र ‘लक्ष्मी रानी’ मा पनि मैलै अभिनय गरेको छु ।  

 

 

नाटकघर बनाउनु भएको छ कि छैन ?
मेरो बर्दियामा नाटकघर बनाउने ठुलो सपना छ । हेरौं, भगवानको कृपाले एकदिन त्यो अवश्य पुरा होला ।  

 

तपाई आफै नाटक लेखन निर्देशन गर्नुहुन्छ, एउटा सडक नाटक तयार गर्न कतिको गाह्रो हुन्छ ? 
गाह्रो नै छ । नाटक लेख्न भन्दा पनि नाटघर नभएको कारण सडकमा नाटकका सबै दृश्य देखाउन सकिदैन । नाटकलाई केवल अभिनयले मात्र बुझाउनु पर्ने हुन्छ । 

 

तपाईलाई पारिवारिक सहयोग कतिको छ ?
आमा बिरामी हुनुहुन्छ अलिकति पारिवारिक समस्या छ । आमा बिरामी हुनुभएको १५ बर्ष जति भयो । धेरै समय आमाको स्याहारमा नै बित्छ । परिवारबाट सहयोग पाएको छु । मलाई यहाँसम्म ल्याउन मेरो श्रीमतीको ठुलो साथ छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार